फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा नेपाल बहराइनसँग ५-० ले पराजित

हिमाल प्रेस ९ चैत २०८० ७:४१ | Friday, March 22, 2024
फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा नेपाल बहराइनसँग ५-० ले पराजित

काठमाडौँ- फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको छ। गएराति बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाल ५-० गाेलअन्तरले पराजित भएकाे हाे।

बहराइनको टिमलाई जित दिलाउन माहदी अल हुमाइदान, सायद बाकर, अली मादान इब्राहिम अल खतल र इस्माइल अब्दुल्लातिफले समान १/१ गोल गरे। नेपाली टिमले बल नियन्त्रणमा लिए पनि गाेल गर्न भने सकेन।

नेपालले यसअघि विश्वकप छनोटको तयारीका क्रममा मलेसियासँग अभ्यास खेलेको थियो। साे खेलमा नेपाली टिम १–५ गोल अन्तरले पराजित भएको थियो।

दोस्रो चरणको विश्वकप छनोटमा पनि नेपाल र बहराइन भिड्नेछन्। खेल चैत १३ गते हुँदैछ।

विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो वरीयतामा बहराइन ८२औँ स्थानमा छ भने नेपाल १७५औँ स्थानमा छ।

प्रकाशित: ९ चैत २०८० ७:४१ | Friday, March 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast