फागुनमा ९९ देशमा काम गर्न साढे ६५ हजार नेपाली बिदेसिए

हिमाल प्रेस ५ चैत २०८० १५:५४ | Monday, March 18, 2024
फागुनमा ९९ देशमा काम गर्न साढे ६५ हजार नेपाली बिदेसिए

काठमाडौँ– चालु आर्थिक वर्ष २०८०/८१ को फागुन महिनामा ६५ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन महिनामा ९९ वटा देशमा ६५ हजार ६५८ जना नेपाली नयाँ तथा पुनः श्रम स्वीकृति लिएर बिदेसिएका हुन्।

फागुनमा यूएईमा १८ हजार ७०७, साउदीमा १३ हजार २६७, कतारमा ११ हजार ३९०, मलेसियामा ८ हजार ४१७, कुवेतमा ३ हजार २०६, रोमानियामा १ हजार ७८४, जापानमा १ हजार ३६०, बहराइनमा ९२८, मोरिससमा ८५९ र क्रोएसिया ८१५ बढी कामदार वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा छ।

माघमा ६२ हजार १४७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। फागुनमा बिदेसिने नेपालीको संख्या गत माघ महिनाको भन्दा तीन हजार ५११ ले बढेको देखिएको छ। गत पुस महिनामा ६५ हजार ८१३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए।

चालु आवको मंसिरमा श्रम स्वीकृति लिनेमध्ये छ हजार ७ सय ६८ जना महिला श्रमिक रहेको विभागले उल्लेख गरेको छ। पछिल्लो समय वैदेशिक रोजगारीका लागि युरोपेली मुलुकमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या क्रमिक रुपमा बढ्दै गएकोसमेत विभागको तथ्यांकमा देखिन्छ।

रोमानिया एक हजार ७८४, जापानमा एक हजार ३६०, बहराइनमा ९२८, मोरिससमा जान ८५९, क्रोएसियामा ८१५, माल्दिभ्समा ५९०, साइप्रसमा ५७७ र ओमानका लागि ५३३ जनाले श्रम स्वीकृति लिएका छन्।

त्यस्तै फागुन महिनामा ईपीएस प्रणालीबाट दक्षिण कोरिया जाने नेपालीको संख्या ७३० रहेको छ। विभागबाट कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने २५ हजार ७३८ जना छन् भने पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या ३९ हजार ९२० जना रहेका छन्।

प्रकाशित: ५ चैत २०८० १५:५४ | Monday, March 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast