‘फरक विचारले पार्टी र परिवारलाई असर गर्दैन, रेशमले स्टाटस लेख्दा म सँगै थिएँ’

हिमाल प्रेस ३० फागुन २०८० १८:२७ | Wednesday, March 13, 2024
‘फरक विचारले पार्टी र परिवारलाई असर गर्दैन, रेशमले स्टाटस लेख्दा म सँगै थिएँ’

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले फरक विचारका कारण पार्टी र परिवारलाई कुनै असर नगर्ने बताएकी छन्। बुधबार संसद्‌मा प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले पार्टीभित्र फरक विचार हुनु स्वाभाविक भएको बताइन्।

उनका श्रीमान्‌समेत रहेका पार्टीका संस्थापक रेशम चौधरीले फेसबुकमा स्टाटस लेख्दा आफू पनि सँगै रहेको श्रेष्ठको भनाइ छ। उनले निर्वाचन आयोगले पार्टी अध्यक्षमा रेशम चौधरीलाई अमान्य भन्दै गरेको निर्णयलाई पनि स्वीकार गरिसकेको जिकिर गरिन्।

उनले आफूहरूको पार्टी परिवारको नभई जनताको भएको पनि उल्लेख गरिन्।

सरकारमा सहभागी हुने विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीमा विवाद छ। बुधबार बिहानमात्र रेशमले फेसबुकमार्फत आफूले रञ्जितालाई सम्झाउन नसकेको बताएका थिए।

रेशम चौधरीले भने : रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो

प्रकाशित: ३० फागुन २०८० १८:२७ | Wednesday, March 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast