 
                             
                                            काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफ झुटो भएको बताएका छन्। संसद् भवन परिसरमा मंगलबार सञ्चारकर्मीको जिज्ञासामा कोइरालाले संसद्मा प्रधानमन्त्रीले गृहमन्त्रीका विषयमा झुटो बोलेको बताएका हुन्।
कोइरालाले आफूमाथि प्रश्नचिह्न खडा भए पनि गृहमन्त्री लामिछानेले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने धारणा राखे। उनले भने, ‘छानबिन समितिको मागमा कांग्रेस अडिग छ।’
यसअघि प्रधानमन्त्री प्रचण्डले संसद्मा सम्बोधन गर्दै गृहमन्त्रीविरुद्ध ठाडो उजुरी परेकाले छानबिन आवश्यक नरहेको भन्दै उनको बचाउ गरेका थिए। प्रतिपक्षी कांग्रेसले लामिछानेका बारेमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने अडान राखेको छ।
                            प्रकाशित: ६ चैत  २०८० १७:२० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             ![यस्तो छ पाँच दलको साझा संकल्प [पूर्ण पाठसहित]](https://himalpress.com/wp-content/uploads/2024/03/neeunatam.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 