प्रधानमन्त्रीले आउँदो फागुन ३० मा विश्वासको मत लिने

हिमाल प्रेस २७ फागुन २०८० ८:२२ | Sunday, March 10, 2024
प्रधानमन्त्रीले आउँदो फागुन ३० मा विश्वासको मत लिने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत फागुन ३० गते लिने तयारी गरेका छन्।

शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत फागुन ३० गते लिने तयारीबारे छलफल भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

विश्वासको मत लिने दिन अनिवार्य रूपमा प्रतिनिधि सभा बैठकमा उपस्थित हुन ह्वीप समेत जारी गरेको उनले बताए। त्‍यस्तै राष्ट्रियसभाको निर्वाचन फागुन २९ गते गर्ने पनि तयारी भइरहेको उनले बताए।

त्यसका लागि पनि सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरेको हो।

 

 

प्रकाशित: २७ फागुन २०८० ८:२२ | Sunday, March 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast