प्रधानमन्त्रीको जबाफबाट कांग्रेस असन्तुष्ट, प्रधानमन्त्रीलाई गलत जानकारी भएको आरोप

हिमाल प्रेस ६ चैत २०८० १४:१३ | Tuesday, March 19, 2024
प्रधानमन्त्रीको जबाफबाट कांग्रेस असन्तुष्ट, प्रधानमन्त्रीलाई गलत जानकारी भएको आरोप रमेश लेखक

काठमाडौँ- गृहमन्त्री रवि लामिछाने प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीको जबाफमा असन्तुष्टि जनाएको छ। आजको प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहकारी प्रकरणमा लामिछाने जोडिएकोबारे जबाफ दिएका थिए।

जबाफमा लामिछाने दोषी नभएको सरकारी संयन्त्रले जानकारी दिएको प्रधानमन्त्रीले बताएका थिए। तर प्रधानमन्त्रीको सवाल जबाफपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यस विषयमा प्रधानमन्त्रीले गलत जानकारी लिएको बताएको छ। बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले लामिछानेलाई पीडक मान्दै प्रधानमन्त्रीलाई पोखरामा नै पीडितले गरेको भेटेको स्मरण गरेका छन्।

प्रधानमन्त्रीले लामिछाने दोषी भएको प्रमाण नभएको बताए पनि लेखकले पर्याप्त प्रमाण भएको बताए।

प्रकाशित: ६ चैत २०८० १४:१३ | Tuesday, March 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast