प्रतिलिटर ४ रूपैयाँले बढ्यो पेट्रोलको मूल्य

हिमाल प्रेस १८ चैत २०८० २१:४५ | Sunday, March 31, 2024
प्रतिलिटर ४ रूपैयाँले बढ्यो पेट्रोलको मूल्य

काठमाडौँ- पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले वृद्धि भएको छ। सोमबारदेखि लागू हुने गरेर वृद्धि हुने मूल्यअनुसार काठमाडौँमा पेट्रोलको प्रतिलिटर मूल्य १७५ रूपैयाँ पुगेको हो। नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिको आज (आइतबार) को निर्णयअनुसार सोमबारदेखि नयाँ मूल्य लागू हुनेछ।

निगमले नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ ७६ पैसाले बढेर आएको हो। निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् रहेको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १७२‍.५० रुपैयाँ कायम गरिएको छ। दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७४ रुपैयाँ छ। तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ पुगेको हो।

प्रकाशित: १८ चैत २०८० २१:४५ | Sunday, March 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast