प्रतिनिधिसभा बैठक कांग्रेसले अवरोध गर्ने

हिमाल प्रेस ४ चैत २०८० ८:०५ | Sunday, March 17, 2024
प्रतिनिधिसभा बैठक कांग्रेसले अवरोध गर्ने

काठमाडौँ- संघीय संसद्का दुवै सदनको बैठक बस्दैछन्।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।

राष्ट्रियसभाको बैठक भने दिउँसो सवा १ बजे बोलाइएको छ।

यसअघि नेपाली कांग्रेसको अवरोधका कारण संसद्‍ बैठक आजसम्मलाई स्थगित भएको थियो। प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजिनामा माग गर्दै संसद् अवरोध गर्दै आएको छ। आजको बैठक पनि कांग्रेसले अवरोध गर्ने जनाएको छ।

प्रकाशित: ४ चैत २०८० ८:०५ | Sunday, March 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast