प्रचण्डको मन्त्रिपरिषद्‍‍मा उपप्रधानमन्त्री चारजना

हिमाल प्रेस २७ फागुन २०८० १२:४९ | Sunday, March 10, 2024
प्रचण्डको मन्त्रिपरिषद्‍‍मा उपप्रधानमन्त्री चारजना

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा ४ उपप्रधानमन्त्री रहेका छन्।

चार दलका चारजनालाई प्रचण्डले उपप्रधानमन्त्री बनाएका हुन्।

उपप्रधानमन्त्रीको पहिलो वरीयतामा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ छन् भने अन्तिम वरीयतामा उपेन्द्र यादव परेका छन्। यादव स्वास्थ्यमन्त्री बनेका छन्।

पार्टीगत हैसियतअनुसार उपप्रधानमन्त्रीको वरीयता विभाजन गरेको देखिन्छ।

राष्ट्रपतिको कार्यालयले निकालेको सूचना अनुसार उपप्रधानमन्त्रीको दोस्रो वरीयतामा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र तेस्रो वरीयतामा गृहमन्त्री रवि लामिछाने छन्। यसअघि पहिलो वरीयता माग्दै यादवले असन्तुष्टी जनाएका थिए।

हालसम्म मन्त्रीको संख्या २२ पुगेको छ।

महिला चारमन्त्री
प्रचण्डको मन्त्रिपरिषद्मा चारजना महिला परेका छन्। जसमा एमालेबाट महिला विकासमन्त्री भगवती चौधरी र कृषिमन्त्री ज्वालाकुमारी साह, रास्वपाबाट शिक्षामन्त्री सुमना श्रेष्ठ र माओवादीबाट सञ्चारमन्त्री रेखा शर्मा  छन्।

प्रकाशित: २७ फागुन २०८० १२:४९ | Sunday, March 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast