प्यालेस्टिनीहरूको दुर्दशा कम गर्न ‘तत्काल मानवीय युद्धविराम’ गर्न गुटेरेसको आह्वान

हिमाल प्रेस ११ चैत २०८० २०:०९ | Sunday, March 24, 2024
प्यालेस्टिनीहरूको दुर्दशा कम गर्न ‘तत्काल मानवीय युद्धविराम’ गर्न गुटेरेसको आह्वान

कायरो (रासस/एएफपी)- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कायरोमा आइतबार भोकमरीको खतरामा रहेको गाजामा आवश्यक सहायता पुर्‍याउन ‘इजराइलले राहतका लागि बाँकी अवरोध र चेकपोइन्टहरू हटाउन आवश्यक रहेको’ बताएका छन्।

इजिप्टका विदेशमन्त्री सामेह शौकरीसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले ‘गाजामा दुःस्वप्नबाट बच्न संघर्ष गरिरहेका प्यालेस्टिनी बालबालिका, महिला र पुरुषहरूको दुर्दशा’ कम गर्नका लागि ‘तत्काल मानवीय युद्धविराम’ को आफ्नो आह्वानलाई दोहोर्‍याए।

उनले शनिबार गाजासँगको रफा सीमाको भ्रमण गरेका थिए। रफामा ६ महिनाको युद्ध र घेराबन्दीले गाजा क्षेत्रका २४ लाख मानिसमध्ये अधिकांशलाई विस्थापित गरेको छ र गाजाको नागरिक पूर्वाधारलाई ध्वस्त बनाएको छ।

इजराइली सरकारमाथि गाजामा बमबारी र स्थल आक्रमणलाई कम गर्न अन्तर्राष्ट्रिय दबाब बढिरहेको छ। इजराइलले आफ्नो जवाफी सैन्य अभियानलाई गाजाको सबैभन्दा दक्षिणी सहर रफासम्म जारी राख्ने वाचा गरेको छ। इजिप्टको सीमासँग जोडिएको रफामा १५ लाख प्यालेस्टिनीले शरण मागेका छन्।

प्रकाशित: ११ चैत २०८० २०:०९ | Sunday, March 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast