पोहोर प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसले यस पनि दिनुपर्छ : ओली

हिमाल प्रेस ३० फागुन २०८० १२:२६ | Wednesday, March 13, 2024
पोहोर प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसले यस पनि दिनुपर्छ : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनुपर्ने बताएका छन्।

प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ओलीले सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताए।

‘प्रधानमन्त्रीले नयाँ समीकरण बनाउनु पर्नका कारण बारे भनेका कुरा चित्तबुझ्दा छन् । म समर्थनबाट सुरु गर्छु’, ओलीले संसदमा भने, ‘पोहोर साल पनि यस्तै अवस्था थियो । नेपाली कांग्रेस भोट नै नमागिकन, हतारिएर, हौसिएर, उत्साहित भएर नयाँ बेटरी हालेजस्तो थियो । समर्थन गरेको थियो । अहिले चाहिँ किन समर्थन नगर्ने रु’

उनले उस्तै अवस्था र उही व्यक्तिलाई पोहोर समर्थन गर्न हुने, अहिले किन नहुने भनेर प्रश्न गरे।

 

प्रकाशित: ३० फागुन २०८० १२:२६ | Wednesday, March 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast