 
                             
                                            काठमाडौँ- राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक भएको बताएका छन्।
आज धनगढीमा आयोजित पत्रकार भेटमा उनले पहिचान र अधिकारका लागि एकीकृत आन्दोलनको आवश्यकता भएको दोहोर्याए।
‘थारू, मधेसी, आदिवासी जनजातिका छुट्टाछुट्टै संघर्षले जनताले दुःख मात्रै पाए। अधिकार र पहिचान पाएनौँ। अब सबै पहिचानवादी मिल्नुको विकल्प छैन्,’ उनले भने, ‘यो देश सबै नेपालीको हो। सबै मिलेर देशको समस्या समाधान गर्नुपर्छ।’
                            प्रकाशित: ८ चैत  २०८० ११:२४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 