पक्राउ परेका दिल्लीका मुख्यमन्त्री केजरीवालले कारागारबाटै सरकार चलाउने!

हिमाल प्रेस ९ चैत २०८० ६:३९ | Friday, March 22, 2024
पक्राउ परेका दिल्लीका मुख्यमन्त्री केजरीवालले कारागारबाटै सरकार चलाउने!

नयाँ दिल्ली- नयाँ दिल्लीका मुख्यमन्त्री तथा आप पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई अन्तःशुल्क नीति मामिलामा प्रवर्तन निर्देशनालय (इडी) ले पक्राउ गरेको छ।

आप नेता तथा दिल्लीका मन्त्री आतिशीले केजरीवालको गिरफ्तारी खारेज गर्न सर्वोच्च अदालत गएको र तत्काल सुनुवाईको माग गरेको बताए। ‘इडीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी खारेज गर्नका लागि हामी सर्वोच्च अदालत गएका छौँ, हामीले आजै राति सर्वोच्च अदालतसँग तत्काल सुनुवाईको माग गरेका छौँ’,उनले सामाजिक सञ्जाल एक्समा भनेका छन्।

यसअघि उनले केजरीवालले कारागारबाटै सरकार सञ्चालन गर्ने बताएका थिए। ‘इडीले अरविन्द केजरीवाललाई गिरफ्तार गरेको हामीले खबर पाएका छौँ,हामीलाई आशा छ उहाँले कारागारबाट सरकार चलाउनुहुनेछ,उहाँ दिल्लीको मुख्यमन्त्री रहिरहनुहुनेछ,हामीले सर्वोच्च अदालतमा मामिला दायर गरेका छौँ,हाम्रा वकिल त्यहाँ पुग्दैछन्,हामीले अदालतसँग आज राति नै तत्काल सुनुवाईको माग गर्नेछौँ’,उनले भनेका थिए।

मदिरा नीति मुद्दा सम्बन्धमा सोधपुछका लागि इडीको टोली बिहीबार केजरीवालको निवासमा पुगेको थियो। स्रोतहरूका अनुसार टोलीले उनको निवासमा खोजी अभियान गरेको थियो। दिल्ली उच्च अदालतले अन्तःशुल्क नीति मुद्दा सम्बन्धमा जबर्जस्ती कारबाहीबाट केजरीवाललाई अन्तरिम सुरक्षा दिन अस्वीकार गरेपछि इडीको टोली सोधपुछका लागि उनको निवास पुगेको हो। आपका कार्यकर्ताहरूले मुख्यमन्त्री केजरीवालको निवासबाहिर विरोध प्रदर्शन गरेका छन्। रासस/एएनआई

प्रकाशित: ९ चैत २०८० ६:३९ | Friday, March 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast