नेसपा कार्यकारिणी समिति बैठकमा दुईतिहाइ, यादव र श्रेष्ठमाथि कारबाही गरिँदै

हिमाल प्रेस ४ चैत २०८० १६:३८ | Sunday, March 17, 2024
नेसपा कार्यकारिणी समिति बैठकमा दुईतिहाइ, यादव र श्रेष्ठमाथि कारबाही गरिँदै

काठमाडौँ- डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकमा दुईतिहाइ सदस्य उपस्थित भएका छन्। अर्का अध्यक्ष महिन्द्र राय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठ समूह शनिबार नेकपा माओवादी केन्द्रमा गएपछि पार्टी कार्यालय तीनकुनेमा आइतबार बसेको कार्यकारिणी समिति बैठकमा दुईतिहाई सदस्य उपस्थित भएको नेसपा कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिए।

कार्यकारिणी समितिमा २९ जना छन्। १८ जना उपस्थित छन्। बाबुराम पक्षकै उपाध्यक्ष दुर्गा सोब अमेरिकामा छन्। पोखरेलको भनाइमा बैठकमा यादव र गंगा समूहले पार्टी परित्याग गर्दैमा वैकल्पिक राजनीतिकको यात्रा नरोकिने र उनीहरूलाई पार्टी नियमविपरीत गतिविधि गरेकोमा कारबाही गर्ने छलफल भएको छ। कार्यकारिणी समितिको बैठक खासगरी भोलि तय भएको केन्द्रीय समितिको बैठक तयारी र एजेन्डाबारे छलफल गर्न बोलाइएको उनले जानकारी दिए।

प्रकाशित: ४ चैत २०८० १६:३८ | Sunday, March 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast