नेसपाले बोलायो केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति बैठक

हिमाल प्रेस १ चैत २०८० १४:०५ | Thursday, March 14, 2024
नेसपाले बोलायो केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति बैठक

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) ले केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समिति बैठक बोलाएको छ।

नेसपा कार्यालय प्रमुख रोशन पोखरेलले पार्टीको आगामी संगठनात्मक नीति तथा कार्यक्रम तय गर्नका लागि चैत ४ गते केन्द्रीय कार्यकारिणी समिति र ५ गते केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिए। उनले भने,‘पार्टीको आगामी संगठनात्मक नीति तथा कार्यक्रम तय गर्नका लागि बोलाइएको हो।’

नेसपाका महासचिव रमेशप्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै उक्त बैठक आधिकारिक नभएको उल्लेख गरेका छन्। अध्यक्ष डा.बाबुराम भट्टराईले अर्का अध्यक्ष महिन्द्र राय यादवको सहमतिबिनै बैठक बोलाएको दाबी उनकाे छ।

पार्टी कार्यालय प्रमुख पोखरेलले पार्टीको बैठकबारे सामाजिक सञ्जाल, सञ्चारमाध्यममा आएका कुनै पनि गलत सूचनाको पछाडि नलाग्न र बैठकमा सहभागी हुन आग्रह गरेका छन्।

प्रकाशित: १ चैत २०८० १४:०५ | Thursday, March 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast