नेपाल-पाकिस्तान मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगिता सम्पन्न

हिमाल प्रेस २८ फागुन २०८० १२:१३ | Monday, March 11, 2024
नेपाल-पाकिस्तान मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगिता सम्पन्न

काठमाडौँ- नेपाल-पाकिस्तान मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आइतबार काठमाडौँमा सम्पन्न भएको छ। प्रतियोगिता नेपालस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको हो। १९ गते सुरु भएको उक्त प्रतियोगितामा विभिन्न १२ टिम सहभागी थिए।

प्रतियोगितामा क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँ प्रथम भएको छ भने प्रतियोगितामा ली क्रिकेट क्लब द्वितीय भएको छ। विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ले पदक र प्रमाणपत्र प्रदान गरेका छन्।

समापन समारोहमा सम्बोधन गर्दै नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले नेपालका उदीयमान क्रिकेट क्लब र तिनका प्रतिभाशाली खेलाडीलाई प्रतियोगिताले प्रतिभा प्रस्फुरणको अवसर प्रदान गरेको बताए। साथै उनले प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

राखेप उपाध्यक्ष कोइरालाले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरेर पाकिस्तानी दूतावासले खेलका माध्यमबाट दुई देशबीचको सम्बन्ध सुदृढ बनाएको भन्दै कृतज्ञता ज्ञापन गरेका थिए।

समापन समारोहमा सार्कका महासचिव गोलम सरवार, इजिप्टकी राजदूत नोहा हम्दी अहमेद एल्गेबाली, बंलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरी, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारी, क्रिकेट संघ नेपालका महाप्रबन्धक उत्सव ढुंगाना, हिमालय बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जंगबहादुर राणालगायको उपस्थिति थियो। प्रतियोगिता २०१४ देखि आयोजना हुँदै आएको छ।

 

प्रकाशित: २८ फागुन २०८० १२:१३ | Monday, March 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast