 
                             
                                            काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई स्वास्थ्यलाभको कामना गरेका छन्। प्रधानमन्त्री प्रचण्डले सोमबार नेपाल निवास कोटेश्वर पुगेर स्वास्थ्यलाभ गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयले भनेको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यू नेकपा (एस) का अध्यक्ष तथा पू्र्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यलाभको कामना गर्न नेपाल निवास कोटेश्वर आउनुभएको छ। उहाँलाई शीघ्र स्वास्थ्यलाभको कामना!’
नेपाललाई भाइरल जरो आएको पारिवारिक स्रोतले बताएको छ। बिरामी भए पनि अध्यक्ष नेपाल सोमबार दिनभर सक्रिय देखिए। उनी दिउँसो पार्टीको सचिवालय बैठकमा सहभागी भएका थिए। नेपाल निवासमै भएको बैठकले प्रधानमन्त्री प्रचण्डले अप्रत्यासित कदम चालेको निष्कर्ष निकालेको थियो।
यसैगरी नेपाललाई भेट्न माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेता पनि उनको निवासमा पुगेका थिए। नेपाल निकट स्रोतका अनुसार माओवादी र जसपा एकीकृत समाजवादीलाई पनि सत्ता गठबन्धनमा सहभागी गराउन चाहन्छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 