 
                             
                                            काठमाडौँ- नेपाल ‘ए’ ले पहिलो टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ‘ए’ सँग खेल्दैछ।
खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ। नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच समान तीन टी२० र एक दिवसीय शृंखला हुनेछ।
आयरल्यान्ड ए नेपालको सिनियर टोलीसँग दुवै खेलमा पराजित भएको थियो।
नेपालको कप्तानी विनोद भण्डारी र आयरल्यान्डको निल रकले गर्नेछन्।
नेपाल ‘ए’ को टी-२० टोलीमा सिनियर टोलीबाट खेलेका विनोद, लोकेश बम, देव खनाल, पवन सरार्फ, आरिफ शेख, बसिर अहमद लगायतका खेलाडी छन्।
उता आयरल्यान्डका ग्यारेथ डेलानी, रस आदिर र स्टेफन डोहेनी प्रमुख हतियार हुन्। दोस्रो टी-२० खेल चैत १६ र तेस्रो चैत १८ मा हुनेछ।
                            प्रकाशित: १५ चैत  २०८० ७:२५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 