नेपाली लेखक संघ कोशीको अध्यक्षमा अधिकारी

हिमाल प्रेस ३ चैत २०८० ११:०३ | Saturday, March 16, 2024
नेपाली लेखक संघ कोशीको अध्यक्षमा अधिकारी
विराटनगर- साहित्यकार गोकुल अधिकारी (मोरङ) को अध्यक्षतामा शुक्रबार नेपाली लेखक संघ कोशी प्रदेश समिति गठन भएको छ ।
संघको उपाध्यक्षमा समदर्शी काइँला (पाँचथर) र लता खरेल (झापा), महासचिवमा मीनकुमार नवोदित (मोरङ), सचिवमा वासुदेव उपाध्याय पोखरेल (उदयपुर) र कोषाध्यक्षमा लक्ष्मी रायमाझी (मोरङ) चयन भएका छन्।
संघका केन्द्रीय अध्यक्ष वरिष्ठ कवि तीर्थ श्रेष्ठको उपस्थितिमा भएको अधिवेशनले कृष्ण अधिकारी (सुनसरी), मिलनकुमार ढुंगाना (झापा), पूजा बहार (सुनसरी), मनु विश्वकर्मा (धनकुटा), डा भेषराज खनाल (ओखलढुंगा), केजी सुब्बा (धनकुटा) र फणिराज नेपाल (संखुवासभा)लाई सदस्यमा चयन गरिएको निर्वाचन समितिका संयोजक प्राध्यापक कविराज न्यौपानेले जानकारी दिए।
प्रकाशित: ३ चैत २०८० ११:०३ | Saturday, March 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast