नेपालले आयरल्यान्ड ‘ए’ सँग खेल्दै

हिमाल प्रेस १२ चैत २०८० ७:११ | Monday, March 25, 2024
नेपालले आयरल्यान्ड ‘ए’ सँग खेल्दै

काठमाडौँ- घरेलु टोली नेपालले दुई टी-२० शृंखलाअन्तर्गत सोमबार आयरल्यान्ड ‘ए’ सँग खेल्दै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखलाअन्तर्गत पहिलो खेल दिउँसो १ बजेबाट सुरु हुने छ। शृंखलाका लागि आयरल्यान्डको टोली नेपाल आइसकेको छ।

यस्तै, नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरिसकेको छ।

टोलीमा रोहितसँगै आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, गुलशनकुमार झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र सोमपाल कामी छन्।

यस्तै, करण केसी, प्रतिश जीसी, अविनाश बोहरा, आकाश चन्द, सन्दीप जोरा र विवेक यादव छन्।

शृंखलामा सिनियर टोलीले आयरल्यान्ड ‘ए’ सँग दोस्रो खेल मंगलबार खेल्ने छ। त्यसपछि यही टोली भारतमा गएर खेल्ने छ।

भारतमा यो टोलीले बरोडा र गुजरातसँग चार टी-२० खेल खेल्ने छ। नेपालले आईसीसी टी२० विश्वकपको तयारीस्वरुप आयरल्यान्ड ‘ए’, बरोडा र गुजरातसँग शृंखला खेल्न लागेको हो।

प्रकाशित: १२ चैत २०८० ७:११ | Monday, March 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast