माटोको ढिस्कोले पुरिँदा डोटीमा थप एक महिलाको मृत्यु

हिमाल प्रेस ११ चैत २०८० २०:५५ | Sunday, March 24, 2024
माटोको ढिस्कोले पुरिँदा डोटीमा थप एक महिलाको मृत्यु प्रतीकात्मक तस्बिर।

डोटी- डोटीमा घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्कोले पुरिएर थप एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले आदर्श गाउँपालिका–२ का ६० वर्षीया भागादेवी ओझाको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर आज (आइतबार) मृत्यु भएको बताएका छन्।

ओझासँगै ढिस्कोमा पुरिएका ५० वर्षीया पार्वती खड्काको उद्धार गरिएको श्रीवास्तवले जानकारी दिए। खड्काको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।

शनिबार मात्रै माटो खन्ने क्रममा ढिस्कोले पुरिएर शिखर नगरपालिका–९ का २१ वर्षीया निर्मला रोस्याराको मृत्यु भएको थियो।

रोस्यारासँगै माटो लिन गएका अन्य तीन महिलालाई उद्धार गरिएको बताइएको छ। स्थानीयवासी नयाँ वर्ष नजिकिएसँगै घर लिपपोतका लागि रातो तथा कमेरो माटो बढी मात्रामा प्रयोग गर्दछन्। रासस

प्रकाशित: ११ चैत २०८० २०:५५ | Sunday, March 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast