नतिजा व्यवस्थापनका लागि केन्द्रले पठायो सबै स्थानीय तहलाई पत्र

हिमाल प्रेस ८ चैत २०८० १७:५१ | Thursday, March 21, 2024
नतिजा व्यवस्थापनका लागि केन्द्रले पठायो सबै स्थानीय तहलाई पत्र

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शैक्षिक सूचना तथा व्यवस्थापन शाखा) ले कक्षा ८ को नतिजा व्यवस्थापनका लागि ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेको छ।

केन्द्रले एकीकृत शैक्षिक व्यवस्थापन सूचना (Integrated Educational Management Information System IEMIS) प्रणालीमार्फत आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको नतिजा व्यवस्थापन स्थानीय तहबाट र अन्य कक्षाको नतिजा व्यवस्थापन सम्बन्धित विद्यालयबाट गर्न गराउन अनुरोध गरेको छ।

केन्द्रले भनेकाे छ,‘एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (Integrated Educational Management Information System IEMIS) बाट आधारभूत शिक्षा उत्तीर्ण (कक्षा ८) परीक्षालगायत अन्य विद्यालयस्तरमा हुने परीक्षाको नतिजा व्यवस्थापन हुँदै आइरहेकोमा शैक्षिक सत्र २०८० को वार्षिक परीक्षा (कक्षा ८ लगायत) को नतिजा व्यवस्थापनका लागि परिवर्तित पाठ्यक्रम तथा मूल्याङ्कन पद्धति अनुसारको Platform IEMIS मा तयार भएको र सो सम्बन्धी जानकारी (Virtual एवम् आमने सामने पद्धतिबाट अभिमुखीकरण गरी) प्राप्त गर्नु भएकै छ। तसर्थ यस केन्द्रद्वारा विकास गरी (https://emis.cehrd.gov.np) मा आवद्ध गरिएको उक्त प्रणालीमार्फत आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको नतिजा व्यवस्थापन स्थानीय तहबाट र अन्य कक्षाको नतिजा व्यवस्थापन सम्बन्धित विद्यालयबाट गर्ने गराउने व्यवस्थाका लागि निर्देशानुसार अनुरोध छ।’

त्यसैगरी केन्द्रले  IEMIS बाट नतिजा व्यवस्थापन गर्ने कार्यमा आवश्यक समन्वय एवं सहजीकरण गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई अनुराेध गरेकाे छ।

प्रकाशित: ८ चैत २०८० १७:५१ | Thursday, March 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast