 
                             
                                            काठमाडौँ- नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, वरिष्ठ समालोचक प्रा.डा.वासुदेव त्रिपाठी र नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नइ प्रकाशनको रजत महोत्सवका अवसरमा नेपाल राष्ट्र बैंकबाट टकमरी भएको सिक्का र हुलाक टिकटको संयुक्तरूपमा लोकार्पण गरेका छन्।
राष्ट्र बैंकबाट एक सय रुपैयाँको सिक्का र हुलाक सेवा विभागबाट दस रुपैयाँको हुलाक टिकट प्रकाशनमा आएको हो। राष्ट्र बैंकबाट नेपाली साहित्यिक संस्थाका नाममा क्युप्रोनिकेल धातुमा सिक्का टकमरी भएको यो पहिलो अवसर हो।

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईंको सभापतित्वमा सञ्चालित सो समारोहमा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति काइँला, वरिष्ठ समालोचक प्रा.डा.त्रिपाठी, राष्ट्र बैंकका पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटी, हुलाक सेवा विभागका महानिर्देशक प्रदीपराज अधिकारी र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले मन्तव्य राखेका थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 