देश तस्कर र शक्तिशालीहरूको लुटको महाजालोमा फसेको छ : अर्जुनरसिंह केसी

हिमाल प्रेस २ चैत २०८० १२:४६ | Friday, March 15, 2024
देश तस्कर र शक्तिशालीहरूको लुटको महाजालोमा फसेको छ : अर्जुनरसिंह केसी

काठमाडौँ- नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले देश तस्कर र शक्तिशालीहरूको लुटको महाजालोमा फसेको बताएका छन्। प्रतिनिधिसभाकाे आजको बैठकमा केसीले साे कुरा बताएका हुन्। उनले भने,‘देश तस्कर र शक्तिशालीहरूको लुटको महाजालोमा फसेको छ।

उनले तत्कालीन साढे ३३ किलो सुन तस्करीबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन लुकाइएको बताए। ‘साढे ३३ किलो सुन छानबिन समिति ईश्वर पौडेलको अध्यक्षतामा गठन भएको थियो। त्यसको ७५२ पेजको प्रतिवेदनमा सम्पूर्ण कुरा उल्लेख छ। त्यो गायब गरिएको छ। ०७५ मा प्रधानमन्त्री र गृहमन्त्रीलाई बुझाएको थियो,’ उनले भने।

प्रकाशित: २ चैत २०८० १२:४६ | Friday, March 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast