काठमाडौँ- नेकपा एमाले डडेल्धुराको जिल्ला अधिवेशन आजदेखि हुने भएको छ।
एमाले डडेल्धुराको नवौँ जिल्ला अधिवेशन आज र भोलि गरी दुई दिन हुने भएको हो।
एमाले डडेल्धुराका नेता विपीन जोशीका अनुसार अधिवेशनको आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन्। अधिवेशनको उद्घाटन गर्न अध्यक्ष ओली हिजो धनगढी गएका थिए।
डडेल्धुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो। कांग्रेसको प्रभाव क्षेत्र भएकाले पनि ओली आफै अधिवेशनमा सहभागी हुन लागेका हुन्।
प्रकाशित: ५ चैत २०८० ९:०१
प्रतिक्रिया



