काठमाडौँ–सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेका झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी मेडिकल व्यवसायी दुर्गा प्रसाईका निजी सुरक्षा गार्ड हुन्।
सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइका लागि उनी त्यहाँ पुगेका र प्रहरीले हतियारसहित भेटेपछि सोधपुछका लागि हुनमान ढोका लागिएको प्रसाईको सचिवालयले जनाएको छ। प्रहरीले उनको साथबाट एउटा बन्दुक बरामद गरेको जनाएको छ। प्रहरीले प्रसाईकै सुरक्षामा खटिएका अर्का एक व्यक्तिलाई पनि हतियारसहित नियन्त्रणमा लिएको जनाएको छ।
प्रकाशित: ५ चैत २०८० १५:२६ | Monday, March 18, 2024
प्रतिक्रिया




