दुर्गा प्रसाईका बडिगार्ड छाड्न सर्वोच्चको आदेश

हिमाल प्रेस १३ चैत २०८० १९:४१ | Tuesday, March 26, 2024
दुर्गा प्रसाईका बडिगार्ड छाड्न सर्वोच्चको आदेश

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईका बडिगार्डले हतियार बोकेको विषय कानुनसम्वत रहेको भन्दै तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले हतियारसहित पक्राउ परेका प्रसाईंका बडीगार्ड रामकुमार धिमाल र दीपक खड्कालाई छाड्न आदेश दिएको हो।

लाइसेन्ससहितको हतियार बोक्दा प्रहरीले पक्राउ गरेको भन्दै उनीहरुका परिवारले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

उनीहरु यही चैत ५ गते सर्वोच्च परिसरबाट हतियारसहित पक्राउ परेका थिए। उनीहरूका साथबाट लाइसेन्स प्राप्त हतियार, त्यसमा लाग्ने गोली बरामद गरिएको थियो।

अदालत भित्र हतियार लैजान नपाइने भएकाले अर्का बडिगार्ड धिमाललाई बोक्न दिनुलाई अन्यथा भन्न नमिल्ने अदालतले उल्लेख गरेको छ।

आदेशमा इजाजत लिएर सर्तसहित हतियार बोकी हिंडेको कार्यलाई प्रचलित कानूनले कसुर गरेको नदेखिएको भनिएको छ।

प्रकाशित: १३ चैत २०८० १९:४१ | Tuesday, March 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast