थुनामा रहेका पूर्वउपप्रधानमन्त्री रायमाझीको मुटुमा समस्या

हिमाल प्रेस १५ चैत २०८० ८:४७ | Thursday, March 28, 2024
थुनामा रहेका पूर्वउपप्रधानमन्त्री रायमाझीको मुटुमा समस्या अस्पताल भर्ना भएका रायमाझी। फाइल तस्बिर

काठमाडौँ- पूर्वउपप्रधानमन्त्री एवं निलम्बित सांसद टोपबहादुर रायमाझीको स्वास्थ्यमा समस्या देखिएको छ।

नक्कली भुटानी शरणार्थी काण्डमा अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा रहेका नेता रायमाझीको स्वास्थ्यमा गम्भीर समस्या देखिएसँगै आज साँझ अस्पताल भर्ना गरिएको छ। रायमाझीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो।

उनको स्वास्थ्यमा निकै समस्या देखिएको चिकित्सकहरूले बताएका छन्।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार आवश्यक परीक्षण भइरहेको र रिपोर्ट आउन बाँकी रहेको छ।

भुटानी शरणार्थी मुद्दामा पक्राउ परी अदालतले पुर्पक्षका लागि थुनामा पठाएसँगै रायमाझीलाई नेकपा एमालेले निलम्बन गरेको छ भने प्रतिनिधिसभा सदस्यबाट पनि निलम्बित हुन्।

 

प्रकाशित: १५ चैत २०८० ८:४७ | Thursday, March 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast