त्रिविका प्रश्नपत्र अब नेपाली र अंग्रेजी दुवै भाषामा

हिमाल प्रेस १६ चैत २०८० २१:५० | Friday, March 29, 2024
त्रिविका प्रश्नपत्र अब नेपाली र अंग्रेजी दुवै भाषामा घडी भवन, त्रिवि कीर्तिपुर।

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयबाट लिइने स्नातक तहका परीक्षाका प्रश्नपत्रहरु अब अंग्रेजी र नेपाली दुवै भाषामा निकालिने भएको छ।

त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको आज (शुक्रबार) बसेको बैठकले यस्तो निर्णय गरेको हो।

अब वार्षिक परीक्षा प्रणालीअनुसारका सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुवै भाषामा गर्नुपर्नेछ।

आगामी प्रथम वर्षको परीक्षादेखि नै अनिवार्य रुपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय गरिएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ।

प्रकाशित: १६ चैत २०८० २१:५० | Friday, March 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast