त्रिदेशीय शृंखलाको पहिलो खेलमा हङकङ र नेपालको भेट हुँदै

हिमाल प्रेस २७ फागुन २०८० ७:१५ | Sunday, March 10, 2024
त्रिदेशीय शृंखलाको पहिलो खेलमा हङकङ र नेपालको भेट हुँदै

काठमाडौँ- त्रिदेशीय शृंखलामा नेपालले पहिलो खेलमा हङकङसँग खेल्दैछ। खेल हङकङको मिसन रोड ग्राउन्डमा बिहान सवा ११ बजे सुरु हुनेछ।

नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ। मंगलबार शृंखलाको फाइनल खेल हुनेछ।

आईसीसी टी-२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

यसअघि शनिबारे हङकङसँगको मैत्रीपूर्ण टी-२० आई क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको छ।

यस्तै फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ। फागुन ३० गते त्रिदेशीय शृंखलाको फाइनल खेल हुनेछ।

बिहीबार हङकङ गएको नेपालीटोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन्।

प्रकाशित: २७ फागुन २०८० ७:१५ | Sunday, March 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast