काठमाडौँ- त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाको उपाधिका लागि आज नेपाल र पपुवा न्यूगिनी (पीएनजी) उपाधिका लागि भिड्दैछन्।
मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा मंगलबार पीएनजीले घरेलु टोली हङकङमाथि १० विकेटको सानदार जित निकाल्दै फाइनलमा नेपालसँगको भेट पक्का गर्यो।
जितसँगै पीएनजीले दुई खेलमा दुई अंक जोड्यो। पराजित हङकङको समान खेलबाट एक अंक रह्यो।
मंगलबार नै नेपालले पीएनजीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। नेपालले दुई खेलमा तीन अंक जोड्यो। नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण विना नतिजा टुंगिएको थियो।
प्रकाशित: ३० फागुन २०८० ७:२६ | Wednesday, March 13, 2024
प्रतिक्रिया





