काठमाडौंँ- नेपालले त्रिदेशीय टी-२० आई शृंखलाको पहिलो खेलमा नेपालले हङकङसँग पहिला बलिङ गर्ने भएको छ।
मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध नेपालले टस जितेर बलिङ रोजेको हो।
प्लेइङ–११ मा रोहित पौडेल, विनोद भण्डारी, कुशल भूर्तेल, आशिफ शेख, गुल्सन झा, विवेक यादव, सन्दीप जोरा, लोकेश बम, प्रतिश जिसी, करण केसी र अभिनाश बोहरा छन्।
मैत्रीपूर्ण कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो।
नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिदेशीय टी-२० आई शृंखला भने आज आइतबार सुरु हुन लागेको हो।
प्रकाशित: २७ फागुन २०८० ११:०९ | Sunday, March 10, 2024
प्रतिक्रिया





