ताप्लेजुङको मेरिङदेनमा आगलागी

हिमाल प्रेस ७ चैत २०८० ८:१६ | Wednesday, March 20, 2024
ताप्लेजुङको मेरिङदेनमा आगलागी

काठमाडौँ- ताप्लेजुङमा मंगलबार आगालागी हुँदा दुईवटा घर जलेका छन्।

मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन्। घरनजिकै रहेका दुईवटा गोठ पनि जलेका छन्। जिल्लाका केही वनमा पनि आगो सल्केको छ। बितेका सात दिनमा सातवटा घर जलेका उक्त कार्यालयले जनाएको छ।

प्रकाशित: ७ चैत २०८० ८:१६ | Wednesday, March 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast