तत्कालीन हरिहरपुर नगर उपप्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस ५ चैत २०८० २०:०३ | Monday, March 18, 2024
तत्कालीन हरिहरपुर नगर उपप्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही जिल्लाको हरिपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणुकादेवी काफ्लेलगायत व्यक्तिविरुद्ध आज (सोमबार) विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरुले स्थानीय लखनदेही खोलामा तटबन्ध निर्माण नै नगरी आर्थिक अनियमितता गरेको पाइएको छ। नदी नियन्त्रणका लागि माटो पुर्ने कामका लागि भ्रष्टाचार भएको पाइएको छ।

आयोगले हरिपुर नगरपालिका नगर कार्यपालिका कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय नइन्द्रकुमार पौडेल, इन्जिनियर रञ्जित साह र सबइन्जिनियर सञ्जीव चौधरीविरुद्ध  ८५ लाख १८ हजार छ सय ३१ बराबरको बिगो दाबी गरिएको छ।

यसैगरी, आयोगले हरिपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणुकादेवी काफ्ले, सदस्य वेदकुमारी बलम्पाकी, सदस्य लक्ष्मी कुमर, वडा नं १ का तत्कालीन वडाअध्यक्ष कुमार लामाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गरिएको छ।

यसैगरी, नदी नियन्त्रण उपभोक्ता समिति हरिपुर–१ नाखाटोल उपभोक्ता समितिका अध्यक्ष शम्शेरबहादुर बस्नेत, सचिव इन्द्रबहादुर घिसिङ र कोषाध्यक्ष निर्मलाकुमारी देवीविरुद्ध पनि  ८५ लाख १८ हजार छ सय ३१ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

प्रकाशित: ५ चैत २०८० २०:०३ | Monday, March 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast