डढेलोमा परेर गम्भीर घाइते महिलाको मृत्यु

हिमाल प्रेस १६ चैत २०८० ८:५० | Friday, March 29, 2024
डढेलोमा परेर गम्भीर घाइते महिलाको मृत्यु प्रतीकात्मक तस्बिर।

डोटी- डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। बिहीबार अपराह्न जंगलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।

पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते भएकी थिइन्। कुलो खन्न २५ जनाको समूह उक्त वनमा गएको थियो।

उनलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको थियो। उनको निसर्ग अस्पतालमा आज बिहान १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताए।

प्रकाशित: १६ चैत २०८० ८:५० | Friday, March 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast