 अस्पताल भर्ना भएका रायमाझी। फाइल तस्बिर
                             अस्पताल भर्ना भएका रायमाझी। फाइल तस्बिर
                                            काठमाडौँ- नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीको स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले नेता रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले जानकारी दिए।
‘उहाँको स्वास्थ्यस्थितिको ४८ घण्टा अब्जर्भ गर्दा सामान्य देखियो’, उनले भने, ‘मुटुको चाल पनि विस्तारै सामान्य भयो, त्यसैले हिजो राति डिस्चार्ज गरिएको हो।’
मुटुको चाल कम भएपछि नेता रायमाझीलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो।
                            प्रकाशित: १७ चैत  २०८० ९:५२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 