 तस्बिर क्यान
                             तस्बिर क्यान
                                            काठमाडौँ- त्रिकोणात्मक टी-२० श्रृंखलामा आज नेपाल र नामिबियाबीच खेल हुँदैछ। टियू मैदान कीर्तिपुरमा खेल बिहान ११:३० बजेदेखि सुरु हुनेछ।
सिरिजको फाइनलमा पुग्न आज नेपालले नामिबियालाई पराजित गर्नै पर्नेछ। नेपालले लगातार दुई खेलमा पराजय बेहोरेको छ। नेपाल यसअघि नामिबियासँग २० रनले र नेदरल्याण्डससँग २ रनले पराजित भएको थियो।
नेपालको टिममा रोहित पौडेलको कप्तानीमा १८ जना छन्। जसमा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहरा छन्।
                            प्रकाशित: १८ फागुन  २०८० ७:०६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             ![राजनीतिक हस्तक्षेपले खस्कियो शैक्षिक क्षेत्र [हवाई विश्वविद्यालयका प्रा.डा. समीरकुमार खनालसँगको भिडियो कुराकानी]](https://himalpress.com/wp-content/uploads/2025/10/Samir-Khanal.jpg) 
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 