टी-२० शृंखला : नेपालले आज गुजरातसंँग खेल्दै

हिमाल प्रेस १८ चैत २०८० ८:०३ | Sunday, March 31, 2024
टी-२० शृंखला : नेपालले आज गुजरातसंँग खेल्दै

काठमाडौँ- नेपालले त्रिकोणात्मक टी-२० शृंखला अन्तर्गत आज भारतको स्टेट टोली गुजरातसंँग खेल्दैछ।

खेल नेपाली समयअनुसार दिउँसो २ः४५ मा साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा सुरु हुनेछ।

नेपाल, गुजरात र बरोडाबीच त्रिकोणात्मक शृंखला डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसीसी प्रिमियर कपको तयारीको रूपमा शृंखला खेल्न लागेको हो। बरोडा र गुजरात दुबैले रणजी ट्रफी खेल्ने स्टेट लेभलका खेलाडी घोषणा गरेका छन्।

दोस्रो खेल चैत २० मा बरोडासँग खेल्नेछ। चैत २१ गुजरातसँग खेल्नेछ। त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ। फाइनल चैत २५ हुनेछ। शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

प्रकाशित: १८ चैत २०८० ८:०३ | Sunday, March 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast