काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सम्पर्क समिति पुनर्गठन भएको छ।
ललितपुरको बालकुमारीमा आयोजित भेलाबाट रामबहादुर जाग्रीको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो।
समितिको उपाध्यक्षमा सरस्वती जयसवाल, धनेश्वर साह, कान्छा तामाङ ब्लोन विकास मुख्यसचिव पूर्ण राई सचिवमा तारावीर लिम्बु, अजाज मिकरानी, जया यादव र कोषाध्यक्षमा ई. विन्देश्वरराय यादव चयन भएका छन्।
कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत, केन्द्रीय सम्पर्क समितिका इन्चार्ज रेखा यादव, सह इन्चार्ज देवराज राईलगायतका नेताहरुको उपस्थिति रहेको थियो।
प्रकाशित: ५ चैत २०८० ७:३० | Monday, March 18, 2024
प्रतिक्रिया




