जसपाको कर्णाली प्रदेशस्तरीय किसान महासंघ गठन

हिमाल प्रेस १८ चैत २०८० १०:५० | Sunday, March 31, 2024
जसपाको कर्णाली प्रदेशस्तरीय किसान महासंघ गठन

नवलपुर- जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी किसान महासंघको कर्णाली प्रदेश समिति गठन भएको छ।

सुर्खेतको वीरेन्द्रनगरस्थित होटल फुलबारीमा आयोजित भेलाले मदन थापा मगरको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेको हो।

समितिको उपाध्यक्षमा कौशिला विक, गंगे कामी मुख्यसचिव पवित्रा न्यौपाने रेग्मी र कोषाध्यक्षमा लोकबहादुर सार्की चयन भएका छन्।

कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य एवम् समाजवादी किसान महासंघका अध्यक्ष सञ्जय सिंह, पार्टीका केन्द्रीय सदस्य लिला सिजापती, दिलु खड्का महासंघका महासचिव ओमकृष्ण श्रेष्ठलगायत उपस्थित रहेका थिए।

समाजवादी किसान महासंघले कैलालीको धनगढीमा आज सुदुरपश्चिम प्रदेशस्तरिय समिति गठन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

प्रकाशित: १८ चैत २०८० १०:५० | Sunday, March 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast