जसपाका मन्त्रीले आज शपथ लिने

हिमाल प्रेस २७ फागुन २०८० ८:०७ | Sunday, March 10, 2024
जसपाका मन्त्रीले आज शपथ लिने

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी हुने मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

पार्टीले अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्यमन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ।

अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको शपथ लिनेछन्। साह वन तथा वातावरण मन्त्री बन्नेछन् भने कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन्।

जसपा र एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएसँगै बहुमत सुनिश्चित भएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन ३० गते प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारीमा जुटेका छन्।

प्रकाशित: २७ फागुन २०८० ८:०७ | Sunday, March 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast