जनमोर्चाले राष्ट्रियसभा अध्यक्षमा दिएन दुवै उम्मेदवारलाई मत

हिमाल प्रेस २९ फागुन २०८० १३:३६ | Tuesday, March 12, 2024
जनमोर्चाले राष्ट्रियसभा अध्यक्षमा दिएन दुवै उम्मेदवारलाई मत

काठमाडौँ- राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा अध्यक्ष पदमा ‘नो भोट’ जारी गरेको छ।

जनमोर्चाले नो भोट जारी गर्दै कुनै पनि उम्मेदवारलाई मतदान नगरेको हो। मतदान अघि कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको जनमोर्चाका राष्ट्रियसभा सदस्य तुलबहादुर विश्वकर्माले जानकारी दिए।

जनमोर्चाको राष्ट्रियसभामा एक सिट छ। राष्ट्रियसभा अध्यक्षमा सत्ता गठबन्धनबाट नारायण दाहाल र विपक्षी नेपाली कांग्रेसबाट युवराज शर्मा उम्मेदवार थिए। अध्यक्ष पदमा दाहालले जितेका छन्।

प्रकाशित: २९ फागुन २०८० १३:३६ | Tuesday, March 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast