छायांकनमा ‘झिल्को’

हिमाल प्रेस ८ चैत २०८० १३:१८ | Thursday, March 21, 2024
छायांकनमा ‘झिल्को’

काठमाडौँ- फिल्म ‘झिल्को’को छायांकन सुरु भएको छ। शंखमुलबाट बिहीबार फिल्मको छायांकन सुरु गरिएको हो।

यादव भट्टराईले निर्देशनमा बन्न लागेको फिल्म उपत्यकामै २५ दिनमा छायांकन सकिने निर्माण टिमको तयारी छ। फिल्मको छायांकन दीपक बज्राचार्यले गर्नेछन्। केही अगाडि गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको शुभ-मुर्हूत गरिएको थियो।

सुविधाको नाममा गरिने गलत कार्यको दुषपरिणाम फिल्मको कथावस्तु रहेको निर्मात टिमले जनाएको छ। फिल्ममा सुनिल पोखरेल, वर्षा शिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल, पवन मैनाली, आयुषी ढकाललगायत कलाकारको अभिनय रहनेछ। फिल्मको पटकथा तथा संवादमा निर्देशक भट्टराईसहित अरुणदेव जोशी र देवव्रत छन्।

भट्टराईको निर्देशनमा बन्न लागेको यो तेस्रो फिल्म हो। उनले यसअघि ‘झोला’ र ‘भोर’ निर्देशन गरेका थिए।

प्रकाशित: ८ चैत २०८० १३:१८ | Thursday, March 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast