छात्रवृत्ति कोटाको प्रक्षेपण गरी पन्ध्र दिनभित्र विवरण पेस गर्न निर्देशन

हिमाल प्रेस १७ चैत २०८० १६:४१ | Saturday, March 30, 2024
छात्रवृत्ति कोटाको प्रक्षेपण गरी पन्ध्र दिनभित्र विवरण पेस गर्न निर्देशन

काठमाडाैँ- काठमाडौँ महानगरपालिकाले सबै संस्थागत विद्यालयलाई आगामी शैक्षिक सत्रमा प्रदान गरिने छात्रवृत्ति कोटाको प्रक्षेपण विवरण पन्ध्र दिनभित्र पेस गर्न पत्र पठाउँदै निर्देशन दिएको छ। महानगरपालिका शिक्षा विभागले कानुन बमोजिम छात्रवृत्ति प्रदान गर्न सबै विद्यालयलाई निर्देशन दिएको हो।

विभागले शिक्षा ऐन २०२८ को दफा १६ ञ (१) मा संस्थागत विद्यालयले विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघट्ने गरी तोकिए बमोजिम विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनु पर्नेछ भन्ने व्यवस्था रहेको हुँदा सोही अनुसार गर्न निर्देशन दिएको छ।

विभागले काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५को दफा ५१ (१) मा संस्थागत विद्यालयले विद्यालयमा भर्ना भएका कूल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघट्ने गरी तोकिए बमोजिम छात्रवृत्ति उपलब्ध गराउनु पर्नेछ भन्ने व्यवस्था छ। ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम आगामी शैक्षिक सत्र २०८१ मा विद्यालयले प्रदान गर्ने छात्रवृत्तिको प्रक्षेपण गरी पेस गर्न निर्देशन दिएको छ।

पत्र

प्रकाशित: १७ चैत २०८० १६:४१ | Saturday, March 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast