चितवन- चितवनबाट हराएका एक बालक मकवानपुरमा भेटिएका छन्।
केही बेरअघि उनी मकवानपुरको हेडौँडा बसपार्कमा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
उनी त्यहाँ कसरी र किन पुगे भन्नेबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
भरतपुर महानगरपालिका-१० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय बालक निकेश बराल विद्यालयबाट घर फर्किने क्रममा हिजोदेखि बेपत्ता भएका थिए।
पोखरा महानगरपालिका-१३ घर भएका बालक बराल गत वर्षदेखि चितवनको गीतानगरस्थित ठूलो बुवाको घरमा बसेर ओम शान्ति एकेडेमीमा पढ्दै आएका थिए।
                            प्रकाशित: २० फागुन  २०८० ११:२५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

