चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा,उपाधिका लागि आर्मीसँग भिड्दै

हिमाल प्रेस १६ चैत २०८० ६:२० | Friday, March 29, 2024
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा,उपाधिका लागि आर्मीसँग भिड्दै

धरान- इटहरीमा जारी १४औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।

इटहरी रङ्गशालामा बिहीबार राति भएको सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधिका निम्ति आर्मीसँग भिडने पक्का भएको हो।

चर्च ब्वाइज झापा गोल्डकप विजेता टोली हो। यो टोली इटहरी गोल्डकपको अघिल्लो संस्करणको उपविजेता हो।

चर्च ब्वाइजका लागि समीर तामाङले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ८९ औँ मिनेटमा निर्णायक गोल गरेका थिए। उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार हात पारेका छन्। उपाधिका निम्ति भोलि चर्च ब्वाइज र आर्मीबीच स्पर्धा हुनेछ।

गत बुधबार राति त्रिभुवन आर्मी साबिक विजेता मोरङको सगरमाथा क्लबलाई पेनाल्टी सुट आउटमा २–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो। फाइनल खेल जित्नेलाई नगद १० लाख र उपविजेतालाई पाँच लाख प्रदान गरिनेछ।

प्रकाशित: १६ चैत २०८० ६:२० | Friday, March 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast