घट्यो नेप्से परिसूचक

हिमाल प्रेस १ चैत २०८० १५:३९ | Thursday, March 14, 2024
घट्यो नेप्से परिसूचक

काठमाडौँ- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ। नेप्से २७.८४ अंकले घटेर २०८०.८७ को विन्दुमा झरेको छ।

यस दिन ३०३ धितोपत्रका एक करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर तीन अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँमा किनबेच भयो।

१३ वटै उपसमूहको समूहगत सूचक घट्यो। जीवन बिमा उपसमूहको समूहगत सूचक सर्वाधिक २.६५ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

विन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ६.०२ र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.६६ प्रतिशतले घटेको छ।

प्रकाशित: १ चैत २०८० १५:३९ | Thursday, March 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast