ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना

हिमाल प्रेस ९ चैत २०८० १७:३२ | Friday, March 22, 2024
ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न न्यूनतम ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपांग्रे सवारीसाधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइनेछ। कर्जा अवधि ५ वर्षसम्मका लागि स्थिर ९.४९ प्रतिशत र ५ वर्षभन्दा बढीका लागि स्थिर ९.९९ प्रतिशत ब्याजदर रहेको बैंकले जनाएको छ।

न्यूनतमसहित स्थिर ब्याजदरमा सार्वजनिक भएको उक्त ग्रिन ड्राइभ योजना सरल तरिकाले छिटो कर्जा उपलब्ध हुने दाबी बैंकको छ।

प्रकाशित: ९ चैत २०८० १७:३२ | Friday, March 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast