ग्याल्पो ल्होसारमा देशभर सार्वजनिक बिदा

हिमाल प्रेस २८ फागुन २०८० ७:२१ | Monday, March 11, 2024
ग्याल्पो ल्होसारमा देशभर सार्वजनिक बिदा

काठमाडौँ- नेपालका शेर्पा समुदायले आज ग्याल्पो ल्होसार पर्व मनाउँदैछन्। ग्याल्पो ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसारको अवसरमा आज विविध कार्यक्रम गरिँदैछन्।

नयाँ वर्षका रुपमा शेर्पा समुदायले आज २१५१ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ। ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको विश्वास गरिन्छ। यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने संस्कृतिविद्हरु बताउँछन्।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ। शेर्पा जातिको बसाइ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेका हुन्।

प्रकाशित: २८ फागुन २०८० ७:२१ | Monday, March 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast