गोरखकाली रबर उद्योग र पालुङ्टार विमानस्थल तत्काल सञ्चालनमा ल्याउन माग

हिमाल प्रेस १६ चैत २०८० १३:१८ | Friday, March 29, 2024
गोरखकाली रबर उद्योग र पालुङ्टार विमानस्थल तत्काल सञ्चालनमा ल्याउन माग

काठमाडौँ– राष्ट्रियसभाका सांसद भुवनबहादुर सुनारले गोरखकाली रबर उद्योग तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्। शुक्रबार राष्ट्रियसभा बैठकमा उनले पालुङटार विमानस्थल पनि सञ्चालन गराउनु पर्ने बताएका हुन्।

उनले बुढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउन ढिलाइ भएको भन्दै आपत्ति जनाए। सांसद सुनारले गण्डकी प्रदेशअन्तर्गत रहेको पोखरा पर्यटकीय नगर हेर्न पनि सबैलाई आग्रह गरे।

उनले सांसद सुनारले खेतीयोग्य जमिनका लागि सिंचाईको आवश्यक व्यवस्था मिलाउनुपर्ने बताए।

प्रकाशित: १६ चैत २०८० १३:१८ | Friday, March 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast